Logo

राष्ट्र बैंकले भन्यो: मूल्यवृद्धि अझै उच्च छ



काठमाडौं,२० मंसिर । नेपाल राष्ट्र बैंकले नेपालमा अझैपनि मूल्यवृद्धि कायमै रहेको जनाएको छ ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोट प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो जानकारी गराएका हुन् ।

२०८० को असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको छ । जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम हो । तर, मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी हो । खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ ।

बैंकका अनुसार २०८० असोजमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ। भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्