Logo

नेपाल सुपर लिग : आज धनगढी र इलाम तथा काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै



काठमाण्र्डां, मंसिर २३ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । दिउँसो १ बजे हुने पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम क्लब खेल्ने छन् । धनगढीले अहिलेसम्म खेलेका ३ खेलमा दुईमा जित र एकमा बराबरी गरेको छ । धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा छ।

यस्तै, सातौँ स्थानमा रहेको स्पोर्टिङ इलामले चार खेलमा एकमा मात्रै जित निकालेको छ । यस्तै, आजै हुने अर्को खेलमा काठमाण्डौ रेर्जस फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । यो खेल बेलुका ५ बजे हुनेछ ।

काठमाण्डौ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot