Logo

यू–१९ एसिया कप क्रिकेटः आज नेपाल र अफगानिस्तान भिड्दै



काठमाडौं, मंसिर २४ । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो। नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ।

यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ। आजै हुने अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड १ मा ११ः १५ बजे सुरु हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot