Logo

यू-१९ एसिया कप: अफगानिस्तानविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने



काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर अफगानस्तानलाई ब्याटिङको निम्ता दिएको हो । खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल आजको खेल जित्दै सेमिफाइनल सम्भावना कायम राख्ने लक्ष्यमा छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उत्तम थापा मगरले अर्धशतक बनाएपछि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर थियो ।

सिनियर टोलीका स्टार अलराउण्डर गुल्सन झाले बलिङमा २ विकेट लिएपनि ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

यस्तै कप्तान देव खनालको ब्याट पनि पहिलो खेलमा चलेन । यी दुई खेलाडीमा नेपालले ठूलो आशा राखेको छ ।

उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot