Logo

अमेरिकाको टेनेसीमा भीषण आँधीः ६ जनाको मृत्यु, २३ जना घाइते



ह्युस्टन, २४ मङ्सिर । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो।

मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot