Logo

नेपाल सुपर लिग : आज पोखरा थण्डर्स र काठमाडौं रेजर्स भिड्दै



काठमाडौं, मंसिर २५ गते । नेपाल सुपर लिग अन्तर्गत आज पोखरा asfoidf6 थण्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् । दशरथ रङ्गशालामा साँझ ५ बजेदेखि सुरु हुने आजको खेलमा पोखरा आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ भने काठमाडौँ जित आफ्नो हात पार्न चाहन्छ।

खेल तालिका अनुसार पोखरा तेस्रो स्थानमा रहेको छ भने काठमाडौं पाँचौ स्थानमा रहेको छ । हालसम्म ४ खेल खेलेको पोखराले २ मा जित हात पारेको छ भने २ खेल बराबरी गरेको छ । जबकी समान ४ खेलमा काठमाडौँले १ मा जित १ मा पराजित र २ खेल बराबरीमा सकाएको छ। आजको खेलमा काठमाडौंलाई पराजित गर्न सके पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot