Logo

महानगर दिवसमा मैत्रीपूर्ण फुटबल: बालेनको टीमविरुद्ध कर्मचारीको टीम ५-३ ले विजयी



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९ औँ महानगर दिवस-२०८० का अवसरमा दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगीता आयोजना गरेको छ ।

सोमबार बिहान महानगरपालिका र जनप्रतिनिधिबीच खेल भएको हो । महानगरको तर्फबाट नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए ।

जसमा कर्मचारीको टीम ५-३ ले विजयी भएको छ । कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए। यस्तै, जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरेका थिए।

खेलको सुरुवात गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए।

महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । ।



प्रतिक्रिया दिनुहोस्

Screenshot