Logo

एमालेको अभियानलाई बिथोल्न खोज्ने पूर्व मन्त्री गोपाल किरातीसहित १० जना पक्राउ



काठमाडौं,२६ मंसिर । नेकपा एमालले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आजबाट कोशी प्रदेश प्रवेश गरेको एमालेको टोलीलाई पहिचानवादीले रोक्ने प्रयाश गरेपछि पूर्वमन्त्री गोपाल किरातीलगायत १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि पहिचानवादीहरु आन्दोलीत बनेका छन् । कोशी नामाकरण गर्न नेतृत्व गर्ने तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की र कार्कीको दल नेकपा एमालेलाई टार्गेटमा राखेर पहिचानवादीहरुले आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै आन्दोलनकारीले अवरोध सृजना गर्न खोजिरहेका छन्। 

ओखलढुंगाको हर्कपुरमा आमसभा गर्ने र अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई लक्ष्य गरी प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot