Logo

चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति दलीय भागबन्डाको विषय बनाउन हुँदैनः डा. केसी



काठमाडौं, २६ मंसिर । डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरु छनोटमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाएका छन् । आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर नीजि संस्थामा काम गरिरहेका ब्यक्तिहरुलाई सर्टलिस्टमा निकालिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

आफूहरुले चिकित्सा शिक्षा सुधारका लागि बारम्बार ध्यानाकार्षण गराउँदा पनि दलीय भागबन्डाका आधारमा नीजि क्षेत्रमा कार्यरत ब्यक्तिहरुलाई सर्टलिस्टमा समावेश गरिएको उनको आरोप छ । आयोगका निर्देशकहरुको नियुक्ति दलीय भागबन्डाको विषय बनाउन नहुने उनको भनाई छ ।

सरकार र दलका नेताहरुले आयोगका निर्देशकहरु नियुक्तिमा समेत दलीय भागबन्डाबाट कार्यकर्ता भर्ती गर्ने, हस्तक्षेप गर्ने र नाजायज लाभ लिने काम गर्न खोजेको उनको भनाई छ । दलीय आधारमा नियुक्ति प्रक्रिाय नरोकिएर जस्तोसुकै कदम चाल्न पनि आफू तयार रहेको उनले बताएका छन् ।

‘सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ,’– केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षा आयोगले चार जना निर्देशक माग गरेको थियो । जसमा १२ जनाको नाम सर्टलिस्टमा निकालिएको छ । उनीहरुको अन्तरवार्ता भने अहिले रोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot