Logo

एनसेलविरुद्ध अमरेशले दायर गरेको रिट आज पनि हेर्न नभ्याइने’ मा



काठमाडौं, २६ मंसिर । एनसेलको शेयर खरिद विक्री प्रकरणलाई लिएर प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा परेको उक्त रिट आज पनि हेर्न नभ्याइनेमा परेको हो । उक्त रिटमा तीन दिनदेखि पेशी तोकिएको भएपनि सबै दिन हेर्न नभ्याइनेमा परेको हो ।

उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो । हिजो (सोमबार) भने न्यायाधीश विनोद शर्माको इजलासमा परेको थियो ।



प्रतिक्रिया दिनुहोस्