Logo

यू-१९ एसिया कपको उपाधि बंगलादेशलाई,इतिहास रच्ने अवसरबाट चुक्यो यूएई



काठमाडौं,१ पुस । यूएईमा सम्पन्न भएको एसीसी यू-१९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ ।

आज भएको फाइनल खेलमा आयोजक यूएईमाथि १९५ रनको विशाल जित निकाल्दैै बंगलादेले पहिलो पटक उपाधि हात पारेको हो ।

बंगलादेशले दिएको २८३ रनको विशाल लक्ष्य पछ्याएको यूएई २५ ओभरमा मात्र ८७ उसका लागि ध्रूव परासरले बनाएको २५ रननै सर्वाधिक रहन गयो ।बलिङतर्फं बंगलादेशका मारुफ मृधा र रोहनत डौल्लाह बोर्सनले समान ३ तथा इकबाल हुसेन इमनले २ विकेट लिए ।

यसअघि टस हारेर सुरुवातामा ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८३ रनको विशाल योगफल प्रस्तुत गरेको थियो ।

उसका लागि ओपनर आशिकुर रहमान शिबलीले १२९ रनको विशाल पारी खेलेका थिए । १४९ बलको सामना गरेका उनले १२ चौका र एक छक्का हिर्काए । त्यस्तै चौधरी मो। रिजवान र आरिफुल इस्लामले क्रमश ६० र ५० रनको अर्धशतकीय पारी खेल्दा कप्तान महफुजुर रहमान रब्बी २१ रनमा आउट भए ।

बलिङतर्फ यूएईका अहमान अहमदले सर्वाधीक ४ विकेट लिए । १० ओभर बलिङ गर्दा उनले ५२ रन खर्चिएर ४ विकेट लिएका हुन् । त्यस्तै ओमन रिहमदले पनि २ विकेट लिएपनि त्यो प्रर्याप्त भएन् ।

बंगलादेशले सेमिफाइनलमा भारतलाई र यूएईले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । यूएईले इतिहास रच्दै पहिलोपटक फाइनलमा स्थान बनाउँदा बंगलादेश दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि बंगलादेश २०१९ को संस्करणमा फाइनलमा पुगेको थियो । बंगलादेश त्यतिबेला श्रीलंकासँग पराजित भएको थियो ।

आज भएको फाइनलमा बंगलादेलाई हराएर इतिहास रच्ने सुनौलो अवसर पाएपनि यूएईले सदूपयोग भने गर्न सकेन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot