Logo

एनसेल प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई रविका ७ प्रश्न



काठमाडौं,३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नैप्रश्न गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा एनसेल प्रकरणबारे स्पष्ट पार्न उपस्थित भएका प्रधानमन्त्री प्रचण्डलाई रविले विभिन्न ७ प्रश्न सोधेका हुन् ।

लामिछानेले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका निम्ति छुट्टै समिति किन बनाएको भन्दै प्रश्न गरे । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई नै छानबिनमा सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।

यस्तो छ उनले राखेका ७ प्रश्न

– नियामक निकाय छ, तर पनि समिति किन बनाएको ? कानुनानुसार नियामक निकाय दूरसञ्चार प्राधिकरण छ, किन समिति बनाएको ? सिस्टम बलियो नबनाए हामी कोल्याप्स हुनेछौँ ।

–तत्कालीन अर्थमन्त्रीले किन्नेले हैन बेच्नेले दिने भनेजस्तै अहिले पनि त्यस्तै हो कि ?
– महालेखाको ५५औँ विवरणबाट उहाँले एनसेलको विवरण हटाएको भन्ने छ । उहाँ (टंकमणि शर्मा) लाई किन समिति (एनसेल खरिद–बिक्री प्रकरणबारे छानबिन समिति)को प्रमुख बनाएको ?

– एनसेल ०८६ मा सकिँदै छ, ५० प्रतिशत नेपालीको स्वामित्व नभए पाँच वर्षपछि आउँदैन । प्रमको आदेशले मात्र मिल्दैन, ऐन हेर्नुपर्छ ।

– सरकारको अधिनमा ल्याउने भए कानुनको लुपहोल (छिद्र) चेन्ज गर्नुपर्छ । सकिनअघि, एक हप्ताअघि सेयर खरिद–बिक्री भन्ला,यो चेन्ज गर,आर यु रेडी ?

– एनसेललाई राजनीतिक दल,प्रशासन,अदालत प्रभावमा पार्छु भन्ने आत्मविश्वास छ ।
– ०४६ सालपछि सुरु गरेको मन्त्रीहरूको सम्पत्ति विवरण किन गोप्य हुन्छ ?



प्रतिक्रिया दिनुहोस्

Screenshot