Logo

पीएम कप महिला टी-२०: गण्डकीले दियो कर्णालीलाई १४२ रनको विशाल लक्ष्य



काठमाडौं,६ पुस । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामू १४२ रनको चुनौती पेश गरेको छ ।

माथिल्लो मूलपानीस्थित मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रनको उत्कृष्ट योगफल खडा गर्यो । गण्डकीका लागि अञ्जली विकले ५१ तथा ज्योतिसना मरासनीले ५० रनको अर्धशतकीय पारी खेले । विकले ४८ बलमा ८ चौका हिर्काउँदै मरासिनीले ४० बलमा ५ चौका र एक छक्का हिर्काईन् ।

यो संस्करणमा गण्डकीले बनाएको योगफल नै सर्वाधिक रनको योगफल हो । त्यस्तै बलङितर्फ कर्णालीका यमुना थारु र अन्जु गुरुङले समान २ विकेट लिईन् । गण्डकी पहिलो खेलमा लुम्बिनीसँग र कोशीसँग कर्णाली पराजित भएका थिए । त्यसैले यी दुबै टिम आज पहिलो जितको खोजीमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्