Logo

पीएम कपमा कोशीको लगातार दोस्रो जित, बागमती ८ विकेटले पराजित



काठमाडौं,६ पुस । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि जित निकाल्दै कोशी प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ ।

शुक्रबार कोशीले बागमती प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार जित हासिल गरेको हो । बागमतीले दिएको ८८ रनको लक्ष्य कोशीले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि अप्सरी बेगमले ४१ रन जोड्दा नटआउट रहेकी ओपनर काजल श्रेष्ठले पनि ४१ रननै बनाईंन् । काजलले ५१ बलमा तीन चौका र १ छक्का हिर्काउँदा अप्सरीले ५४ बलमा ४ चौका र १ छक्का हिकाईन् ।

ओपनर रुविना क्षेत्री भने ४ बलमा २ रनमै बोल्ड आउट भईन् । लगातारको जितसँगै कोशी प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो ।

बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् । त्यस्तै अस्मीना कमचार्यले २४ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कञ्चन श्रेष्ठले ८ रन जोडिन भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीन/तीन जोडे । बलिङतर्फ कोशी प्रदेशकी अपसरी बेगम र सबनम राइले समान दुई/दुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् ।

यस जीतसँगै कोशी प्रदेशले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्