Logo

पीएम कपमा एपीएफको लगातार दोस्रो जित, मधेश १० विकेटले पराजित



काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० मा विभागीय टिम एपीएफले मधेश प्रदेशविरुद्ध १० विकेटको शानदार जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा मधेशले दिएको ४१ रनको सामान्य लक्ष्य एपीएफले ६ ओभरमा बिना कुनै क्षति पूरा गर्यो । एपीएफको जितमा ओपनरद्धय सीता राना मगर र ज्योति पाण्डेले नटआउट रहँदै क्रमश १९ र १६ रन जोडिन् । सीताले ९ बलको सामना गर्द ४ चौका हिकाईन् भने ज्योतिले २६ बलमा ३ चौका हिर्काइन् । एपीएफको यो लगातार दोस्रो जित हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेशले १९ ओभरमा ४० रनमा अलआउट भएको थियो । मधेश प्रदेशका लागि एक खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । केवल १५ रनको कुल स्कोरमा पाँच महत्वपूर्ण विकेट गुमाइसकेको मधेश प्रदेशका लागि छैटौँ नम्बरकी ब्याट्र प्रतिमा शाहले १५ रन बनाएकी हुन् ।

उनले ३४ बलमा एक चौका पनि हिर्काइन् । ओपनर एलिसा यादब खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । अर्की ओपनर सना प्रविन पनि तीन रनभन्दा अगाडि बढ्न सकिनन् । पूजा महतो शून्य रनमै आउट भइन् ।

सरस्वती कुमारीले सात रन बनाइन् । रोजी कडारी शून्य रनमै आउट भइन् । आरती महतो र भूमी सिंहले पाँच–पाँच रन बनाए । साक्षी यादव शून्य रनमा आउट भइन् । कप्तान कविता गौतमले एक रन बनाइन् ।

एपीएफ क्लबकी बलर सीता रानामगरले तीन विकेट लिइन् । रेखा रावल र सुमन बिष्टले पनि एक–एक विकेट हात पारे । इन्दू बर्माले एक विकेट लिइन् ।



प्रतिक्रिया दिनुहोस्