Logo

नाकले लेखेको दर्शन केसीको पुस्तक ‘दर्शन’ विमोचन, गिनिज बुकमा नाम लेखाउने तयारी



काठमाडौं,६ पुस । साहित्यकार दर्शन केसीको नयाँ सिर्जनाको रुपमा ‘दर्शन’ नामक कृति सार्वजनिक भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा महिला बाललालिका तथा जेष्ठनागरिकमन्त्री सुरेनद्रराज आर्चायको प्रमुख आतित्थयता तथा महानायक राजेश हमालको उपस्थितिमा पुस्तक सार्वजनिक भएको हो ।

२६ वर्षीया दर्शनले यो पुस्तक नाकले लेखेका हुन् । उनले यसअघि पनि विभिन्न विषयमा एक सय ५० भन्दा बढी कविता सिर्जना गरिसकेका छन्।

उनी शारिरिकरुपमा पूर्ण अपांग छन् । २६ वर्षीय दर्शन बाल्यावस्थामै अर्थात् एक वर्षको हुँदा नै मस्तिष्क पक्षाघात (सेरेबल पल्सी) बाट पीडित भए। त्यसले गर्दा उनको शरीर स्थायी रूपमै हलचल गर्न सक्दैन ।

जन्मैदेखि आंशिक मस्तिष्क पक्षघात भएका कारण बोल्न र हिँड्डुल गर्न नसक्ने केसी नाकले कम्प्युटरमा टाइप गरेर नेपाली र अङ्ग्रेजी भाषामा कविता लेख्छन् । उनले नाकले लेखेको यो पुस्तकले गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने दाबी गरिएको छ । उक्र पुस्तकलाई गिनिज बुकमा पठाउने तयारी रहेको उनका आफन्तले बताएका छन् ।

दर्शनले यसअघि पराक्रम बालप्रतिभा पुरस्कार प्राप्त गरिसकेका छन् । साहित्यकार महेश पौड्यालले आफ्नो दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गरेको पुरस्कार केसीले पाएका थिए ।

तस्विरहरु- मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot