Logo

बढुवा सिफारिसमा चित्त नबुझेपछि राजीनामा दिएका एसएसपी अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश



काठमाडौं,१० पुस । नेपाल प्रहरीका तत्कालीन एसएसपी अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उनलाई पार्टीमा प्रवेश गराएका हुन् । द्विवेदी डीएसपीको बढुवा सिफारिसमा चित्त नबुझेपछि ६ महिनाअघि एसएसपीबाट राजीनामा दिएर बाहिरिएका थिए । उनले आफू मधेशी समूदायको भएकै कारण बढुवामा पछि पारिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

जनमत त्यस्तै विभेदविरुद्ध लड्ने पार्टी भएका कारण त्यसमा प्रवेश गरेको उनको भनाइ छ । अब आफू त्यस्तो विभेदको विरुद्ध लड्ने उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot