Logo

अपराजित रहँदै एपीएफ पीएम कपको क्वालिफार्यसमा



काठमाडौं,१४ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टिम एपीएफ अपराजित रहँदै क्वालिफार्यसमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशलाई ४७ रनले पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरेको हो ।

मूलपानी मैदानमा सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा १२६ रन जोडेको थियो । १२७ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७९ रनमा समेटिएपछि एपीएफले फराकिलो जित हात पारेको हो ।

एपीएफले समूह चरणमा ेखलेका सबै सातै खेल जितेको छ । भने पराजित हुने बागमतीले ७ मध्ये ४ खेल जितेर प्ले अफमा स्थान बनाएको छ । आजै हुने समूह चरणको अन्तिम खेलमा लुम्बिनीलाई कोशीले हराएमा फाइनल प्रवेशका लागि एपीएफले कोशीसँग खेल्नेछ् ।

क्वालिफार्यसमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानमा रहने टिमबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने मौका पाउनेछ । प्रधानमन्त्री कपमा पहिलो पटक डबद राउण्ड रोविनको आधारमा खेल खेलाइएको हो ।

यस संस्करणको प्रतियोगितामा सात प्रदेशसहित विभागीय टिक एपीएफगरि ८ टिमको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्