Logo

सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सद्वारा डा भगवान कोइरालाको अस्पताललाई सहयोग



काठमाडौं, पुस १५। सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले प्राडा भगवान कोइरालाको बाल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले बुढानिलकण्ठमा हाल निर्माणाधिन गैह्र नाफा मूलक विशिष्टीकृत बाल अस्पताल ‘काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ’ (किओच) लाई सो रकम सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीको तर्फबाट लोमस ग्रुपका अध्यक्ष प्रदीप जंग पाण्डेले बाल अस्पतालका संस्थापक अध्यक्ष प्राडा कोइरालालाई रकम हस्तान्तरण गरेका छन् ।

सिटिजन्स बैक र सिटिजन लाइफ इन्स्योरेन्स लोमस ग्रुपका मेजर शेयर भएका पब्लिक कम्पनी हुन्। जसले लोमस फर्मासिटिकल्स कम्पनी पनि चलाउँदै आएको छ । लोमस ग्रुपले आफनो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अस्पताललाई सहयोग गरेको कम्पनीका मार्केटिंग निर्देशक प्रनव जंग पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्