Logo

केपी ओली भेट्न कांग्रेस महामन्त्री शर्मा बालकोटमा, के कुरा भयो ?



काठमाडौं, १५ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न शर्मा बालकोट पुगेका हुन् । सो क्रममा ओलीको घरको छतमा पारिलो घाम ताप्दै केही पूराना स्मृति र केही नवीन परामर्श गरेको उनले जनाएका छन् । उनले एमालेसँगको सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने र संधिवानप्रति अपनत्वको दायरा बढाउनुपर्ने रहेको उल्लेख गरेका छन् ।

ओलीसँगको भेटवार्ताबारे उनले फेशबुकमा यस्तो लेखेका छन्-

श्रद्वेय केपि शर्मा ओलिज्युसँग उहाँको घरमाथि पारिलो घाम ताप्दै केही पुराना स्मृति केही नवीन परामर्श !

भिन्न पृष्ठभुमि र भिन्न आस्था भएर पनि जब हामी `एक ठाँउमा´ उभिएका थियौं, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो l सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुछ, संविधानप्रती अपनत्वको दायरा बढाउनुछ र समुन्नतिको यात्रामा गति बढाउनुछ l

०६२/६३ को जनान्दोलनका सहयात्रीहरुले सिंगो देशको यो साझा कार्यभार पूरा गर्न एकातर्फ साझा दृष्टि तय गर्नुछ, अर्कोतर्फ त्यो दृष्टिमा नयाँ दलहरूलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुछ l

भोलि पुस १६ गते अपरान्ह १.०० बजे प्रज्ञा भवन कमलादीमा हामी सँगै हुनेछौं l

आउनोस् केही भावना साटौं, केही संकल्प गरौं !



प्रतिक्रिया दिनुहोस्

Screenshot