Logo

मन्त्रिपरिषद् पुनःगठनबारे छलफल भईरहेको छः प्रवक्ता सापकोटा



काठमाडौं,१७ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीमण्डल पुनःगठनको तयारीमा रहेको बताएका छन् ।

मंगलबारबाट सकिन लागेको माओवादी केन्द्रको विषेश अभियान जनतासाग माओवादीको औपचारिक रुपमा अन्तयका सम्बन्धमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष सापकोटाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पुनःगठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताएका हुन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनःगठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ,’ उनले भने । उनले गठबन्धन सरकार भएकाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको बताए ।

यसअघि प्रधानमन्त्री प्रचण्ड स्वयंले पनि आफ्नो एक वर्षे कार्यकाल पूरा भएको दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आवश्यक्ता अनुसार सरकार पुनः गठन गर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्