Logo

काठमाडौँ महानगरका १ लाख १९ हजारले बुझाए कर



काठमाडौं, २४ पुस । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका एक लाख १९ हजार चार सय ५९ जनाले कर बुझाएका छन् ।

यसरी तिरिएको करबाट दुई अर्ब ६६ करोड ९८ लाख ४५ हजार चार सय ९४ रुपैयाँ राजस्व संकलन भएको छ । यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता छन् ।

यस बर्ष करदाताको संख्या तीन लाख ४३ हजार छ सय ४० हो । गएको आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ ।

सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot