Logo

कोशीका लागि ‘वान म्यान आर्मी’ बनेका सुजन थपलिया, जसले हिर्काए पुलिसविरुद्ध शानदार शतक



काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत विभागीय टिम नेपाल पुलिसविरुद्धको खेलमा कोशी प्रदेशका खेलाडी सुजन थपलियाले शानदार शतक प्रहार गरेका छन् ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरिरहेको कोशीले खराब प्रदर्शन गरिरहँदा सुजन टिमका लागि वान म्यान आर्मीको भूमिकामा रहँदै शतक प्रहार गरेका हुन् । उनले १२० बलको सामना गर्दै ८ छक्का र ५ चौका हिर्काउँदै शतक प्रहार गरेका हुन् । ६४ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा मैदान छिरेका सुजनले अभ्यास तिमिल्सिनासँग मिलेर शानदार प्रदर्शन गरिरहेका छन् । अभ्यास हाल ५४ बलमा २० रन बनााएर उनलाई साथ दिईरहेका छन् ।

सुजनको शतक यस संस्करणको पीएम कपको चौथो शतक हो । यसअघि रसिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए । ताजा अवस्थामा कोशीले ४५ ओभरको समाप्तीमा ७ विकेट गुमाएर १५७ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot