Logo

सागर र ललितको घातक बलिङ, २४ ओभरमा अलआउट हुँदै मधेशले दियो पुलिसलाई ९७ रनको सामान्य लक्ष्य



काठमाडौं,१० माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई ९७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो माूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मधेश २४ ओभरमा ९६ रनमा समेटियो । मधेशका लागि अरनिको यादवले २३ तथा कप्तान हरिशंकर साहले २२ रन बनाउनुबाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमविरुद्ध शतक हानेका मयन यादव आज ५ रनमा आउट हुँदा सुदूरविरुद्धनै अर्धशतक हानेका अनिल साह १ तथा पवन सर्राफ ६ रनमा आउट भए ।

मधेशलाई सस्तैमा रोक्न पुलिसा बायाँ हाते बलर सागर ढकानल र ललितनारायण राजवंशीले घातक बलिङ गरे । ९ ओभर फ्याँकेका सागरले ४१ रन दिएर ५ विकेट लिँदा ललितले ५ ओभरमा २ मेडन राख्दै मात्र १२ रन दिएर ४ विकेट लिए । १ विकेट रासिद खानको नाममा रह्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot