Logo

यू-१९ विश्वकप: पाकिस्तानविरूद्ध नेपालका कप्तान देव आउट,सम्हाल्ने प्रयासमा विपीन



काठमाडौं,१० माघ । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेट गुमाइसकेको छ।

ओपनिङ ब्याटर अर्जुन कुमाल ४।२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। यस्तै आकास त्रिपाठी ६।५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट हुँदान भर्खरै कप्तान देव खनाल पनि आउट भएका छन् । उनी २३ रनमा आउट भएका हुन् । ३७ बलको सामना गरेका देवले ३ चौका हिर्काए ।

नेपाल ताजा अवस्थामा १९ ओभरमा ३ विकेट गुमाएर ८० रन जोडेको छ । अहिले ३१ रन बनाएर खेलिरहेका ओपनर विपीन रावलले नेपालको पाली सम्हाल्ने प्रयास गरिरहेका छन् ।

न्युजिल्यान्डविरुद्ध खेलेका दीपक बोहरा, दिपक बोहरा बी र तिलक भण्डारी आजको टिममा छैनन्। आज विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्तालाई खेलाइएको छ।

नेपाली टिम- अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल ९कप्तान०, उत्तम मगर, गुलसन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot