Logo

बङ्गलादेशलाई ग्यास आपूर्ति गर्न कतारद्वारा १५ वर्षे सम्झौता



दोहा, १५ माघ । कतारले अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग बङ्गलादेशलाई १५ वर्षका लागि खाना पकाउने ग्यास आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

दोहाले एक्सेलरेटलाई जनवरी २०२६ देखि सुरु हुने १५ वर्षको अवधिमा बङ्गलादेशमा वार्षिक १० लाख टन खाना पकाउने आपूर्ति गर्नेछ ।

चीनको सिनोपेक, फ्रान्सको टोटल, बेलायतको शेल र इटालीको एनीसँग कतारी ग्यास आपूर्ति सम्झौताका लागि गत वर्ष घोषणा गरिएको थियो ।

यी सम्झौताहरू, २७ वर्ष लामो उद्योगको इतिहासमा सबैभन्दा लामो सहमति हो ।

कतारका ऊर्जामन्त्री साद अल–काबीद्वारा जारी विज्ञप्तिमा भने, “बङ्गलादेशलाई वार्षिक १० लाख टनसम्म एलएनजी आपूर्तिका लागि एक्सेलरेटसँग यो सम्झौतामा हस्ताक्षर गर्न पाउँदा हामी हर्षित छौँ ।

“यो नयाँ सम्झौताले एक्सेलरेटसँग हाम्रो सम्बन्धलाई थप मजबुत बनाउनेछ र बङ्गलादेशको ऊर्जा आवश्यकता र बृहत्तर आर्थिक विकासको दिशामा यसको विकाशलाई पनि समर्थन गर्नेछ,” कतार इनर्जीका प्रमुख कार्यकारीसमेत रहेका काबीले भने ।

चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा एसियाली देशहरू कतारको ग्याँसको लागि मुख्य बजार हुन् । सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली देशहरूले बढ्दो रूपमा खोजी गरिरहेका छन् ।

गत जुनमा कतार इनर्जीले बङ्गलादेशको सरकारी ऊर्जा कम्पनी पेट्रोबङ्गलासँग १५ वर्षका लागि वार्षिक १५ लाख टन एलएनजी आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रूससँगै कतार विश्वको शीर्ष एलएनजी उत्पादकमध्ये एक हो । यो बङ्गलादेशको लागि सबैभन्दा ठूलो प्राकृतिक ग्याँस आपूर्तिकर्ता हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot