Logo

दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको ज्यान गयो



एजेन्सी । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु ६४ जना घाइते भएका छन् ।

सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ। जग्गाका कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्