Logo

नेशनल प्याब्सनद्वारा खेलकुद सप्ताह आयोजना, मन्त्री लिम्बुले उद्घाटन गर्ने



काठमाडौं, १६ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) काठमाडौंले आगामी माग १८ गतेदेखि खेलकुद सप्ताह आयोजना गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत नेशनल प्याब्सन काठमाडौंले खेलकुद सप्ताहबारे जानकारी गराएको हो ।

संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्र÷छात्राको शारीरिक, मानसिक, सामाजिक र व्यवहारिक पक्षलाइ खेलको माध्यमबाट विकास गर्दै समग्र शिक्षण सिकाइका गतिविधिलाइ जीवन र संस्कारसँग जोड़ने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको बताइएको छ । बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद सप्ताह कोशेढुंगा सावित हुने नेशनल प्याब्सन काठमाडौंले विश्वास लिएको छ । माघ १८ गतेबाट सञ्चालन हुने खेलकुद सप्ताहमा विभिन्न विद्यामा भाग लिने खेलाडीहरुलाई पुरस्कृत गरिने बताइएको छ ।

उक्त खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, टेबल टेनिस, एथलेटिक्सलगायत सबै विद्यामा गरेर झण्डै एक हजार खेलाडीहरुले प्रतिस्पर्धामा भाग लिन बताइएको छ । खेलहरुमा कक्षा ९ सम्मका खेलाडीहरुले मात्र भाग लिन पाउने छन् । खेल सप्ताहका खेलहरु टेबल टेनिस प्रतियोगिता माघ १९ र २० युर्निभर्सल सकेण्डरी स्कुल धुम्बराहीमा, माघ २१ मा एथलेटिक्सका सबै खेलहरु एजिएम स्कुल सिनामंगलमा, माघ २२ र २३ गते फुटसल प्रतियोगिता दीक्षालय नेपाल कपनमा, माघ २४ र २५ बास्केटबल नेरिक एकेडेमी संखमुलमा सञ्चालन हुने छन् ।

उक्त खेलहरुको संयोजन क्रमश टेबल टेनिस खेलको महानगर अध्यक्ष विजय खरेल, एथलेटिक्सको काठमाडौं जिल्लाका निवर्तमान वरिष्ठ उपाध्यक्ष श्याम योञ्जन, फुटसलको संयोजन जिल्ला समिति काठमाडौका सदस्य नारायण पोखेल र बास्केटबलको संयोजन जिल्ला सदस्य मिलन कँडेलले गर्ने नेशनल प्याब्सन काठमाडौंले बताएको छ ।

नेशनल प्याब्सन काठमाडौंले जानकारी गराएअनुसार खेलकुद सप्ताहको पहिलो दिन माघ १८ गते टुँडिखेलमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको उपस्थितिमा ५० भन्दा बढी विद्यालयको करिब एक हजार छात्र÷छात्राको मार्च पास र विभिन्न झाँकीसहित कार्यक्रम शुभारम्भ गरिने छ ।

खेलकुद सप्ताहको अन्तिम दिन माघ २६ गते बिजेता सबै खेलका खेलाडी छात्र÷छात्रालाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिने नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका उपाध्यक्ष प्रेमकुमार भुजेल बताए । साथै, उपाध्यक्ष भ्ुजेलले अतिरिक्त क्रियाकलापको सन्देश देशभरका नेशनल प्याब्सनमा जाओस् भन्ने आफूले चाहेको बताए ।

नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत कुमार खड्काले वार्षिक रुपमा संस्थाले खेदकुद कार्यक्रम आयोजना गरिरहेको स्मरण गराए । फुटसल र बास्केट बल प्रतियोगितामा छात्रहरुले मात्रै सहभागिता जनाउने बताए । टेबल टेनिस, एथलेटिक्सका विभिन्न खेलहरुमा छात्र÷छात्र दुवै सहभागी हुनसक्ने उनले बताए । अध्यक्ष खड्काले कक्षा १० का विद्यार्थीहरुको परीक्षा सञ्चालन भइरहेको हुनाले कक्षा ९ सम्मका विद्यार्थीलाई मात्रै खेलकुदमा सहभागी गराउने निर्णय भएको बताए ।

नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका सचिव श्यामबाबु सेढाईँले कार्यक्रम सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot