Logo

कार्यकर्तालाई देउवाको प्रश्नः ‘सबुजकृष्णलाई टिकट दिँदा हराउनु भयो भने नि ?’



काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं जिल्ला सम्मेलन उद्घाटन गरेका छन् । उद्घाटना सभा राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट सुरु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले सबुजकृष्ण बानियाँलाई टिकट नदिइएको भन्दै सबैको चित्त दुखेको आफूले पाएको भन्दै अब टिकट दिने प्रतिवद्धता व्यक्त गरे ।

देउवाले अब टिकट दिने बताए पनि उनले नेता तथा कार्यकर्ताले नै उनलाई निर्वाचनमा हराउन सक्ने आशंका व्यक्त गरे । सभापति देउवाले ‘हराउनु भयो भने नि ?’ भनेर प्रश्नसमेत गरे ।

‘सबैलाई चित्त दुखेछ, सबुजकृष्णलाई टिकट दिएन भनेर । अब सुन्नुस् है, (उताबाट हो, हो भन्ने जवाफ आउँछ) सुन्नुस्, सुन्नुस् । हो, होईन अझ बाँकी छ नि । अब टिकट पायो भने जिताउनु होला नि फेरि है । अब उहाँले टिकट पाउँदा हराउनु भयो भने ? हराउनु भयो भने नि ?’ उनले प्रश्न गरे । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot