Logo

नेपाल-क्यानडा क्रिकेट : आज क्यानडासँग दोस्रो खेल खेल्दै नेपाल



काठमाडौं, माघ २७ । पाहुना टोली क्यानडासँगको तीन खेलको द्विपक्षीय एकदिवसीय शृङ्खला अन्तरगत आज नेपालले दोस्रो खेल खेल्दै छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृङ्खलामा आज क्यानडा र नेपाल दोस्रो खेलमा भिड्न लागेका हुन् ।

अस्ति भएको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित दर्ता गरेको थियो । सो जितसँगै तीन खेलको शृङ्खलामा १–० को अग्रता कायम गरेको नेपाल आजको खेल पनि जित्दै शृङ्खला आफ्नो पक्षमा पार्ने लक्ष्य सहित मैदानमा उत्रदै छ ।

उता पहिलो खेलमा नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई दवावमा राखेको क्यानडा पनि आज जित हासिल गर्दै शृङ्खलामा १–१ को बराबरी गर्ने लक्ष्य सहित मैदान उत्रने छ ।

पहिलो खेलको समीक्षा गरेर नेपाली टोलीमा आज प्लेइङ ११ मा सामान्य परिवर्तन हुन सक्ने छ । नेपालले क्यानडा विरुद्ध तेस्रो तथा अन्तिम खेल पर्सि सोमबार खेल्नेछ ।

आइसिसी विश्वकप खेल्न छनोट भएको नेपालले त्यसैको तयारी स्वरुप घरेलु मैदानमा क्यानडासंग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको हो । यसैगरी घरेलु मैदानमा नै नेपालले नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिदेशीय शृङ्खलापनि खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot