Logo

लगातार तीन छक्का हिर्काएका मल्ल आउट, नेपाललाई पाँचौ झड्का



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेदरल्याण्ड्सविरुद्ध सुरुवातमा ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।

पाँचौ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो । मल्ल १७।१ ओभरमा स्याब्रान्ड एंगेलब्रेक्टको बलमा आउट भएका छन् । ११ बलको सामना गरेका उनले ३ छक्कासहित २६ रन जोडेका थिए ।

मल्लले १६ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार तीन छक्का हिर्काएका थिए । ताजा अवस्थामा नेपालले ५ विकेट गुमाएर १६७ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्