Logo

घरेलु मैदानमा नेपाललाई स्तब्ध पार्दै नेदरल्याड्सले जित्यो सिरिजको उपाधि



काठमाडौं,२२ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको  उपाधि नेदरल्याड्सले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हरराउँदै नेदरल्याण्ड्सले उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्याण्ड्स माइकल लेविटले २९ बलमा ५४ र साइब्रान्ड एंगलब्रेच्टले २९ बलमा ४८ रन बनाए। विक्रमजित सिंहले २३ बलमा २९ र म्याक्स ओदोदले २३ बलमा २२ रन बनाए। ५ बलमा दुई छक्का र २ चौका प्रहार गरेका टिम भान डर गुग्टेन २१ रनमा अविजित रहे। नेपालका कुशल मल्लले ४ विकेट लिए।

त्यसैगरी दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिए।

त्यस अगाडि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

त्यसैगरी गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहित पौडेलले २५ रन, ओपनर कुशल भुर्तेलले २० रन, करण केसीले ९ रन, सोमपाल कामीले ६ रन, प्रतिश जिसीले ६ रन, दिपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे।  आरिफ शेख शून्य रनमा आउट भए। 

 नेदरल्याण्ड्सका लागि टिम भान डर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एंगलब्रेक्ट र फ्रेड कलासेनले २/२ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्