Logo

‘१२ वर्षमा खोला फर्किन्छ भन्थे ६ वटा सरकार फर्कियो तर, पानीको मूल फर्काउन सकेन्’



काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनको काम तत्काल सम्पन्न गर्न सरकारसँग माग गरेका छ्न ।

शुक्रबार बसेको प्रतिनिध सभा बैठकको शून्य समयमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका बाँस्कोटाले १२ वर्षमा खोला फर्किने मान्यता रहेपनि १२ वर्षमा ६ वटा सरकार फर्किएको तर, खानेपानीको मूल फर्काउन नसकेको भन्दै कटाक्ष गरे ।

‘१२ वर्षमा खोला फर्किन्छ भन्थे, ६ वटा सरकार फर्कियो तर, पानीको मूल फर्किन् । काभ्रे भ्याली एकीकृत खानेपानीको एउटा मुल सरकारले फर्काउन सकेन । २०१४ मा सुरु भएको एडीबी र नेपाल सरकारको संयुक्त लगानीको रुपमा सुरु भएको योजना ६८ करोडमा सुरु भएको योजना अहिले ११२ अर्ब पूग्यो । तर, काम भएन । ठेकेदारले काम गरेको छैन् । नेम्बु नेम्चेन भन्ने चिनियँ कम्पनी अहिले १० करोडको मुद्दा लडेर बसेको छ । जवकी विष्णु पौडेल अर्थमन्त्री हुँदा २१ करोड विनियोजन भएको थियो । ४ करोडको काम गरेर ठेकेदार बेपत्ता छ । १ लाख २० हजार भन्दा बढी जनसंख्याले खानेपानी पिउनुपर्छ । तर, सरकारले घरमा धारो देख्न पाएन्’ । उनले भने ।



प्रतिक्रिया दिनुहोस्