Logo

सरकारलाई सांसद परियारको प्रश्न: सहकारी ठगीमा जोडिएका गृहमन्त्रीलाई प्रहरीले छानबिन गर्ला ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले निष्पक्ष छानबिन हुनेमा शंका ब्यक्त गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सहमहामन्त्रीसमते रहेका परियारले विभिन्न घटनामा जोडिएका व्यक्तलाई प्रहरीले निष्पक्ष छानबिन हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

“२५ जनाको जाहेरीमा कसुर गर्ने व्यक्तिको नामको क्रम संख्या एकमा माननीय गृहमन्त्री रवि लामिछानेको नाम र क्रम संख्या चारमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनलगायत १८ जना फौजदारी अभियोग छ,” उनले भने, “के उक्त जाहेरीमा प्रहरीले निष्पक्ष छानबिन गर्ला ? आम नेपाली जनताले प्रश्न गरेका छन् ।”



प्रतिक्रिया दिनुहोस्