Logo

सहकारीको विवाद नसुल्झिएसम्म रवि लामिछानेलाई गृहमन्त्री नमान्ने सांसद केसीको अडान



काठमाडौं,२ चैत । नेपाली कांग्रेसका सांसद राजेनद्र केसीले सहकारी ठगीमा जोडिएका रवि लामिछानेको मुद्दा नसुल्झिएसम्म उनलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले लामिछाने जोडिएको उक्त मुद्दा नसुल्झिएसम्म जिम्मेवारीबाट टाढा बस्नुपर्ने बताए ।

उनले स्वर्णलक्ष्मी सहकारीबाट सदस्य नभई ऋण लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गाडी खरिद गरेको बताए । ‘अनुसन्धान नहुन्जेल विश्राम लिनुहोला । ठीक भएको अवस्थामा आउनुहोला होइन भने कुनै हालतमा गृहमन्त्री स्वीकार्न तयार छैनौँ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्