Logo

‘गृहमन्त्रीज्यू नैतिकताको कुरा धेरै गर्नुभयो, अब देखाउनुस्’



काठमाडौं,७ चैत । नेपाली कांग्रेसका सांसद राजु थापाले सहकारी ठगीमा जोडिएको सर्वत्र चर्चा भईरहँदा पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकता प्रदर्शन गर्न नसकेको टिप्पणी गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले गृहमन्त्री लामिछानेले नैतिकताको कुरा धेरै उठाएको भन्दै अब नैतिकता प्रदर्शन गरेर देखाउनु भन्दै राजीनामा दिन आग्रह गरेका छन् ।

उनले भने ‘उहाँले नैतिकताको कुरा धेरै उठान गर्नुभएको छ। यो प्रश्न अहिले उहाँतर्फ तेर्सिएको छ। कांग्रेसले यो कुरा कुनै राजनीतिक प्रतिशोधको कारणले उठाएको होइन। हामीले हजारौँ सहकारी पीडितहरूको समस्या उठाएका हौँ। यो उहाँलाई नैतिकता प्रदर्शन गरेर नैतिकवान बन्न आग्रह गर्छु।’



प्रतिक्रिया दिनुहोस्