Logo

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्व समानुपातिक संसद् हुनुपर्छः बाबुराम भट्टराई



काठमाडौं, ७ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राजनीतिक प्रणाली र पूर्ण समानुपातिक संसद् आवश्क रहेको बताएका छन् । आज (बुधबार) विशेष पत्रकार सम्मेलन गर्दै उनले आफूहरु अब यिनै विषयलाई लिएर जनताका माझ जाने बताएका हुन् ।

पुराना राजनीतिक शक्तिबाट यो देशको अग्रगामी विकास र प्राप्त उपलब्धीको रक्षा हुन नसक्ने उनको दाबी छ । आफूहरु कुनै पनि पार्टीमा जाने वा नेसपा र अर्को कुनै पार्टीबीच एकता हुने भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए ।

नेता भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने फोहोरको थुप्रोमा बसेर सफा गर्न लागिपरेको बताए । उनले लामिछाने आफैं फोहोरमा फस्ने सम्भावना रहेको बताए । ‘नयाँ वैकल्पिक शक्तिको रुपमा उहाँ (रवि) को उदय भएको छ । फोहोरको थुप्रोमा बसेर त्यसैलाई सफा गर्छु भन्दा आफैं फस्ने सम्भावना छ,’– उनले भने ।

नेसपालाई आगामी दिनमा चुम्बकीय केन्द्र बनाउने उनले बताए । नयाँ वैकल्पिक शक्तिहरुलाई आगामी दिनमा आफ्नो वरपर राख्ने हैसियत निर्माण गर्ने उनले बताए ।

आफूले माओवादीसँग मात्रै एकताको कुरा कहिले पनि नगरेको बताए । समाजवादी ध्रुबीकरणको प्रस्तावमात्रै आफूले अगाडि सारेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्