Logo

सुनको मूल्य १ लाख २८ हजार नजीक, फेरि रच्यो इतिहास



काठमाडौं, चैत ८ । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot