Logo

लिखु तामाकोशीका पूर्व अध्यक्ष खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडौं,१३ चैत । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले तत्कालिन गाउँपालिका अध्यक्ष खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना गरेको छ।

राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवानाको सजाय सुनाइएको छ। दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामाको हकमा ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ। न्यौपाने तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र डिम्दोङ लेखापाल हुन्।

यस्तै सामान ल्याउने ठेकेदार कम्पनीका सन्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवाना भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्यले भने सफाइ पाएका छन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनको मुखैमा राप्रपा त्यागेर एमाले प्रवेश गरेका खड्का अध्यक्षमा निर्वाचित भएपछि नेपाली कांग्रेसका प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्