Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं, चैत १४ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्