Logo

रञ्जिताले प्रचण्ड रोजिन्, रेशम तनावमा



काठमाडौं, १४ चैत्र । रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एमाले–माओवादी केन्द्रको नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ । यस्तै, नाउपाले सुदूरपश्चिम सरकारमा पनि नयाँ गठबन्धनलाई सघाउने निर्णय गरेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा आज (बुधबार) टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ यस्तो निर्णय गरेको छ । यसअघि पार्टीका संस्थापक भनिएका रेशम चौधरीले पार्टीलाई सुदुरपश्चिम सरकारमा सहभागी गराउने निर्णय गराएका थिए ।

तर, पत्नी रञ्जिताले भने रेशमको निर्णयलाई चूनौति दिएकी थिईन् । रञ्जिताले केन्द्रीय सरकारलाई पनि साथ दिइसकेकी छिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिँदा पक्षमा मत दिएकी हुन् ।

आज रञ्जिताले बैठक राख्दा रेशम भने जापानमा छन् । पछिल्लो समय नाउपामा रेशम र रञ्जिताबीच विवाद सतहमा देखिएको छ । रञ्जिताले केन्द्रमा प्रचण्ड नेतृत्वको गठबन्धनलाई रोज्दा रेशम भने तनावमा परेका छन् । उनले यसअघि प्रचण्डकै क्याविनेटमा मन्त्री रहेकी रञ्जिताको भूमिकाको पनि आलोचना गर्न थालेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यमा एमालेको साथ लिएर नयाँ समिकरण बनाउदै गर्दा रेशम भने कांग्रेससहितको वैकल्पिक गठबन्धन बनाउने दौडधूपमा लागेका थिए । पछिल्लो समय रेशमले सुदुरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई साथ दिएका थिए । तर, रञ्जिताले भने सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गराएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्