Logo

दैलेखबाट एक जना एसईईका नक्कली विद्यार्थी पक्राउ



काठमाडौं । अर्काको नाममा परीक्षा दिएको आरोपमा दैलेखबाट एक जना विद्यार्थी पक्राउ परेका छन् ।

आजबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका जिल्ला सदरमुकाममा रहेका त्रिभुवन माविबाट १६ वर्षका एक किशोर पक्राउ परेका हुन् ।

दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । प्रहरीले नाम भने खुलाएको छैन। नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

गत वर्ष मोरङका विभिन्न विद्यालयमा सयौंको संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका थिए । यस वर्षपनि गत वर्षको जस्तो परिस्थिति आउन नदिन प्रहरीले सक्रियता बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्