Logo

बागमतीमा सत्तारुढ गठबन्धन दलसँग बहुमत



काठमाडौं, १५ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका छन् । योसँगै बागमती प्रदेशमा तत्कालका लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सरकार जोगिएको छ ।

कूल ११० सदस्यी बागमती प्रदेश सभामा एमालेका २७, माओवादीका २१, नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन् । दुई सिटे हाम्रो नेपाली पार्टी पनि सरकारमा सहभागी भएसँगै सत्तारुढ दलको पक्षमा ५७ सिट पुगेको छ । बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्