Logo

जसपाको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै



काठामाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै छ । सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको बैठक बस्न लागेको हो ।

बैठक अहिले ११ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि चैत्र १० सम्मको समयसीमा तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्