Logo

प्रधानमन्त्री प्रचण्डले मलाई नजिकको ठानेर मन्त्री बनाउनु भएनः पूर्वमन्त्री किराती (भिडिओसहित)



काठमाडौं, १९ चैत । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई नजिकको ठानेर मन्त्रीबाट हटाएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सबैभन्दा नजिकको मान्छेले कहिले बाहिर र कहिले भित्र बसेर सहयोग गर्नुपर्ने भएकाले आफू अहिलेको मन्त्रिमण्डलमा नपरेको बताएका हुन् । आफू मन्त्री नबनेकोमा कुनै गुनासो नगरेको उनले बताए । ‘टिम मिलाउन पर्ने, त्यो टिम मिलाउँदाखेरी नजिकको मान्छेले नै सहयोग गर्नुपर्ने होला नि त ? कहिले बाहिर बसेर, कहिले भित्र बसेर । मलाई नजिकको ठानेर उहाँले बाहिर राख्नु भएको होला,’– उनले भने ।

साथै, राजनीति बिस्तारै अपराधीकरणको बाटोमा अगाडि बढेको उनको भनाइ छ । पार्टी, नेता, विचार र सिद्धान्तको पक्षपाती भएर काम गर्नेहरु र जनताको प्रिय भएर काम गर्नेहरु सत्ताभन्दा बाहिर हुने गरेको उनले बताए । नेता र संस्थाको कमजोरीहरु भेला पारेर मूल नेतृत्वमाथि आक्रमण र बार्गेनिङको प्रवृत्ति नेपाली राजनीतिमा देखिएको उनले बताए । तर, आफू मन्त्री नबनेको कुरालाई उक्त विषयसँग जोडेर हेर्न नहुने उनले बताए । नेता किरातीले नेतृत्व अप्ठ्यारोमा परेको बेला आफ्नो मान्छेले नै साथ दिनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डलाई खुसी मनले साथ दिएको बताए ।



प्रतिक्रिया दिनुहोस्