Logo

धरानका मेयर साम्पाङले भेटे प्रधानमन्त्री प्रचण्ड, राखे यस्ता माग



काठमाडौं,२० चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

धरानको विकासका लागि विभिन्न माग राखेर संघीय राजधानी काठमाडौं आएका साम्पाङले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर भेटघाट गरेका हुन् ।

प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएको छ । भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायत थुप्रै जनताका मागहरू राखेको मेयर साम्पाङले जानकारी दिएका छन् ।

प्रचण्डलाई भेट्नुअघि उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने,अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot