Logo

जलजलामा एक दम्पती मृत फेला, हत्याको आशंका



पर्वत,२० चैत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् ।

स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।

स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

“घटनाको प्रारम्भिक अवस्था हेर्दा शङ्कास्पद देखिएको छ”, उनले भने, “पोखराबाट चिकित्सकसहितको टोली बोलाएर थप अनुसन्धानपछि मात्र घटनामा यकिन विवरण आउनेछ” ।

जलजला गाउँपालिका–२ का वडाअध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजे भेटिएकोे जानकारी दिए । दुवै जना रगताम्य अवस्थामा भेटिएका थिए। उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आएकाा थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 



प्रतिक्रिया दिनुहोस्

Screenshot