Logo

उफ! सुनको मूल्य सुन्दै उकुसमुकुस, कति पुग्यो तोलाको?



काठमाडौं, चैत २१ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला १८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बट्दै प्रतितोला १ लाख ३२ हजार ३५० कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot