Logo

रास्वपाका उम्मेदवार मिलन लिम्बूले गराए मनोनयन दर्ता



काठमाडौं, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले मनोनयन दर्ता गराएका छन् । इलाम–२ मा हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रास्वपाका उपासभापति तथा श्रम मन्त्री डिपि अर्यालसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिने उद्घोष गरेर चुनावी मैदानमा होमिएका लिम्बू केही दिनअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए । इलाम–२ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म १४ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । अझै केही उम्मेदवारहरु मनोनयन दर्ताका लागि लाइनमा रहेका बताइएको छ ।

इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, नेकपा (एमाले) का उम्मेदवार सुवाङ नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) का जित बहादुर राई, पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot