Logo

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित



बारा, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेकी थिईन् ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot